स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

Accident new

मोरङ । मोरङको बेलबारीमा बुधबार राति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । बेलबारी नगरपालिका–४ स्थित भित्री सडक खण्डमा बुधबार राति पौने १२ बजेतिर को ३२ प ५६३७ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा स्कुटर चालक बेलबारी–४ की १९ वर्षीया समीक्षा राईको मृत्यु भएको छ ।

गम्भीर घाइते उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा आज बिहान १ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार दुर्घटनामा स्कुटरको पछाडि बसेका १८ वर्षीया अनुपमा राई र १६ वर्षीया सुमित्रा राई घाइते भएका छन् । अनुपमाको विराटनगरको नोबेल मेडिकल कलेज र सुमित्राको स्थानीय सुकुना सामुदायिक अस्पताल विराटचोकमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...