लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री र उनकी पत्नीलाई कोरोना संक्रमण

E7d09523455cb36822e2836b6e74618d w1000 h500 cp


काठमाडौँ । लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकासमन्त्री बैजनाथ चौधरीका पतिपत्नीलाई नै कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश सरकारका प्रवक्तासमेत रहेका चौधरीले सामान्य रुघाखाकी लागेपछि स्वाब परीक्षण गराएका थिए ।

शुक्रबार आफ्नो रिपोर्ट पोजिटिभ आएको उनले जानकारी गराएका छन्। आफुलाई संक्रमण पुष्टि भएपछि चौधरीले आफ्नो सम्पर्कमा आएका सबैलाई सजकता अपनाउन अनुरोधसमेत गरेका छन् ।

चौधरीसँगै उनकी श्रीमती द्रौपती चौधरी, पिएसओ सुन्दर बुढाथोकी, सवारी चालक यमबहादुर थापा र भान्से पार्वती केवटलाई पनि कोरोना संक्रमण देखिएको छ।

मन्त्री चौधरीसँगै अहिलेसम्म लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, सांसदहरु डिल्ली चौधरी, दधिराम न्यौपाने, शंकर गिरीसहित मन्त्री र सांसदका सचिवालयका ३५ जनालाई कोरोना संक्रमण भइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...