जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु

Accident new

कास्की । पोखरा–बागलुङ सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२ बागलुङ बसपार्क अगाडि राति हरिचोकबाट जिरोकिमीतर्फ जाँदै गरेको ग१ज ५८९६ नम्बरको जीपले बाटो क्रस गर्ने क्रममा ग १२ प ५३१३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

ठक्करबाट कास्कीको माछापुच्छ्रे गाउँपालिका–७, धम्पुसका २६ वर्षीया स्कुटर चालक तारा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। प्रहरीले जीप चालक गोर्खा आरुघाट गाउँपालिका–९ बस्ने २१ वर्षीय सुदीप विकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...