लेबनानमा तेल ट्यांकर बिस्फोट हुँदा चार जनाको मृत्यु, २० घाइते

Tanker

एजेन्सी । लेबनानाको राजधानी बेरुतमा तेल ट्यांकर बिस्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । तारिक अल जिद्दे जिल्लामा ट्यांकरमा अचानक आगो लागेपछि बिस्फोट भएको प्रत्यक्षदर्शीलाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

साँघुरो सडकमा भएको बिस्फोटलगत्तै आगोको मुस्लो फैलिएको बताइएको छ । बिस्फोटका आवाजले नजिकै रहेका घरका झ्यालका सिसाहरु फुटेको बताइएको छ ।

गत अगस्तमा बन्दरगाह क्षेत्रमा आणविक प्रशोधन केन्द्रमा विस्फोट हुँदा दुईसय भन्दा बढीको मृत्यु भएको थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...