हेटौँडामा ट्रयाक्टरको ठक्करबाट एकको मृत्यु

Accident new

हेटौँडा । मदन भण्डारी राजमार्ग धरान–चतरा अन्तर्गत हेटौँडा १८ मा ट्रयाक्टरको ठक्करबाट शुक्रबार साँझ एक महिलाको मृत्यु भएको छ। हटियाबाट हर्नामाडीतर्फ जाँदै गरेको अल्फाबेट नखुलेको ३९२६ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा पैदलयात्री हेटौँडा १७ की २९ वर्षीया शर्मिला विश्वकर्माको ज्यान गएको प्रहरीले जनाएको छ।

घटनापछि ट्रयाकर प्रहरी नियन्त्रणमा रहेको भए पनि चालक भने फरार रहेको जनाइएको छ। त्यसैगरी हेटौंँडा –६ स्थित रोहिणी हाउजिङ एण्ड स्वस्तिक कोलोनीमा सोलार प्यानल जडान गर्नेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

करेन्टले गम्भीर घाइते भएका नवलपरासी, कावासोतीका ३० वर्षीय ऋषिराम पोखरेलको उपचारको क्रममा मृत्यु भएको हो। करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि चुरेहिल अस्पताल लगिएको थियो । त्यहाँका चिकित्सकले उनलाई मृत घोषित गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...