ललितपुर महानगरका मेयर कोरोनामुक्त

Ximages

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना संक्रमणमुक्त भएका छन् । महर्जनका स्वकीय सचिव इन्द्र बज्राचार्यका अनुसार बुधबार दिउँसो चार बजे उनको कोरोना परीक्षण नतिजा नेगेटिभ आएको छ । स्वकीय सचिव बज्राचार्यले भने, ‘मेयर सापको नतिजा नेगेटिभ आयो । अब उहाँ छिट्टै महानगरपालिका कार्यालयमा उपस्थित हुनुहुनेछ ।’

यही असोज ८ गते ज्वरो आउने र खोकी लाग्ने समस्या भएसँगै पाटन अस्पतालमा स्वाब परीक्षण गराउँदा शुक्रबार मेमा कोरोना पोजेटिभ देखिएको थियो । असोज ९ देखि १५ गतेसम्म निजी निवासमा रहेका महर्जन १६ गते छातीमा समस्या देखिएसँगै सानेपाको स्टार अस्पताल भर्ना भएका थिए ।

यसैगरी बुधबार दिउँसो नै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र सोमबार महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ कोरोना संक्रमणमुक्त भएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...