उपत्यकामा उच्च सतर्कता अपनाउन सरकारको अपिल

Pradip ssacizcfvs fcy3pfvmsk

काठमाडौं । संघीय सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेको औंल्याउँदै उच्च सतर्कता अपनाउन उपत्यकाबासीमा अपिल गरेको छ । असोज १९ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकको अन्य भूभागमा कोरोनाको प्रकोप विस्तारै नियन्त्रण उन्मुख हुँदै गए पनि काठमाडौं उपत्यका अझै उच्च जोखिममै रहेको बताए ।

हाल प्रत्येक दिन देखिने कुल संक्रमितमध्ये आधाभन्दा बढी संक्रमितको संख्या उपत्यकामा रहेको छ । अहिलेसम्म उपत्यकामा कोरोना संक्रमण नियन्त्रण उन्मुख नदेखिएको हुनाले काठमाडौंबासीले असाध्यै धेरै सतर्कता अपनाउनुपर्ने जरुरी छ’, उनले भने, ‘झन्डै ४० लाख बसोबास गर्ने उपत्यकामा यदि संक्रमण अनियन्त्रित भयो भने त्यसले हामीलाई निकै ठूलो जोखिममा पुर्‍याउन सक्ने अवस्था छ ।

मन्त्री ज्ञवालीले काठमाडौंबासीलाई आफूले सेवा दिँदा वा लिँदा, व्यवसाय सञ्चालन गर्दा वा सहयोग पु¥याउँदा, सार्वजनिक यातायात वा निजी सवारीसाधनमा हिँडडुल गर्दा तथा अन्य कुनै प्रकारको गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखेर सतर्कता अपनाउन विशेष आग्रह गरे । ‘देशैभर क्रमशः कोरोना संक्रमण घट्दै गरेको अवस्थामा काठमाडौं उपत्यकाको अवस्था अझै पनि उच्च जोखिममा छ । यसलाई ध्यानमा राख्न सरकारको तर्फबाट विशेष आग्रह गर्दछु’, उनले भने ।

नेपालीको सबैभन्दा ठूलो चाड बडादसैं नजिकिँदै गरेको अवस्थामा कोरोनाको थप जोखिम बढ्न सक्ने औंल्याउँदै उनले स्वास्थ्य सावधानी अपनाउनुपर्नेमा जोड दिए । ‘दसैंको महत्वपूर्ण पक्ष भनेको पारिवारिक पुनर्मिलन र अग्रजबाट शुभाशीष लिने हो, तर यस्तो अवस्थामा परिवारका ज्येष्ठ सदस्यको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ । त्यसो हुँदा दसैं मनाउँदा आफ्ना अभिभावकको सुरक्षा संवेदशनीलतालाई ध्यानमा राख्न जरुरी छ’, मन्त्री ज्ञवालीले भने ।

विगतमा जस्तो गाउँगाउँबाट काठमाडौं ओहोरदोहोर गर्दा संक्रमण फैलने जोखिम उच्च हुने भन्दै उनले टेलिफोनमार्फत आर्शीवाद लिन सकिने बताए । ‘परिवारका ज्येष्ठ सदस्य सुरक्षित रहे भने यस्ता अवसर पटक–पटक आउँछन्’, उनले भने, ‘तर हाम्रो सानो लापरबाहीले उनीहरूको स्वास्थ्यमा ठूलो जोखिम बढ्न सक्छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...