अफगानिस्तनमा तालिबानको आक्रमणमा परी १० को मृत्यु

Taliban

जाबुल । अफगास्तिानको सार ए साफा जिल्लाको एक प्रहरी चौकीमा यहाँका तालिबानी लडाकूहरुले गरेका कारबाहीमा परी कम्तीमा पनि ६ जना प्रहरी र ४ अफगान सेनाको मृत्यु भएको छ । अफगानिस्तानका विभिन्न स्थानमा गरेका आक्रमणमा परी ती सुरक्षाकर्मीहरु मारिएका यहाँको टोलो न्युजले जानकारी दिएको छ । मंगलबार राति अफगानिस्तानको जाबुल प्रान्तको सार ए साफा जिल्लाको एक प्रहरी चौकीमा तालिबानहरुले हमला गरेका थिए ।

त्यसैगरी अफगानिस्तानको हेल्माण्ड प्रान्तको ओमार जवाक जिल्लामा भएको कार बम हमलामा परी कम्तीमा पनि चार जना सैनिकको ज्यान गएको छ । उक्त जिल्लामा सैनिक समूहलाई लक्ष्य गरेर कारबम हमला गरिएको थियो । त्यसमा परी ४ जना अफगान सेनाका सदस्यको घटनास्थलमै ज्यान गएको थियो भने अरु ६ जना घाइते भएका छन् ।

पछिल्लो समयमा तालिबानीहरुले हेल्माण्ड प्रान्तमा कैयौँ हिंस्रक हमलाहरु गरिरहेका छन् । उता कतारको राजधानी दोहामा अफगान सरकार र तालिबानीहरुबीच शान्ति वार्ता हुने बताइरहेका बेला यता उनीहरुले हमला रोकेका छैनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...