गाँजासहित तीन पक्राउ

Arested 1

वाग्मती । दश केजी गाँजासहित प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी लेवटबाट खटिएको टोलीले हेटौंडा–३ स्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा प्रदेश–३–०३–००१ ज ००१२ नम्बर यात्रुवाहक म्याजिक चेक गर्दा त्यसमा सवार यात्रीलाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा हेटौंडा–१९ का ४६ वर्षीय वीरबहादुर घलान, मनहरी गाउँपालिका–५ का ४० वर्षीया सृजना तामाङ र कैलाश गाउँपालिका–१० का २४ वर्षीय प्रकाश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुले बोकेको झोलामा १० केजी दुई सय ८८ ग्राम गाँजा फेला परेको बताइएको छ । गाँजासहित पक्राउ परेका सबै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि बेवारिस अवस्थामा रहेको २ सय २९ केजी गाँजा पनि प्रहरीले बरामद गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...