पाटेबाघको छालासहित ४ जना पक्राउ

Arested 1

काठमाडौं । महानगरीय अपराध महाशाखाले पाटेबाघको छालासहित ४ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका १५ स्वयम्भूस्थित होटल प्लाजाबाट पाटेबाघको छालासहित ४ जना पक्राउ परेका हुन् ।

पाटेबाघको छाला अवैध रुपमा बिक्री गर्न ल्याएको भन्ने सूचनाको आधारमा प्रहरीले छापा मारेर ४ जनालाई पक्राउ गरेको हो। होटलको २०८ मा कोठामा ९ फिट लम्बाई र २ फिट २ ईन्च चौडाई भएको छाला बरामद भएको हो ।

६० लाखमा बिक्री वितरण गर्ने योजनामा चारैजना व्यक्तिले छाला ल्याएर आएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा धादिङका ४३ वर्षीय टेकबहादुर तामाङ, २८ वर्षीय सुजन थिङ, २७ वर्षीय आशिष तामाङ, मकवानपुरका २४ वर्षीय सानुकान्छा थिङ छन् ।

धादिङको स्थानीय व्यक्तिबाट टेकबहादुर तामाङले ३५ लाख रुपैयाँमा खरिद गरेर बिक्रीका लागि काठमाडौं ल्याएको खुलेको छ। उक्त रकम धादिङकै अर्का एक व्यक्तिले लगानी गरेको खुलेको छ। महङ्गो मूल्यमा बिक्री गरेर रकम बाँडेर दशैं मनाउने मनसायले प्रलोभनमा परेर बेच्न ल्याएको पक्राउ परेकाले प्रारम्भिक रुपमा बयान दिएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...