पत्रकारले आगो लगाई गरिन् गृहमन्त्रालय अगाडि आत्महत्या

Man on fire

एजेन्सी । एक पत्रकारले रुसमा आफैंलाई आगो लगाई आत्महत्या गरेकी छन् । ‘कोजा प्रेस’ नामक समाचार अनलाइनकी प्रधानसम्पादक इरिना स्लेभेनियाले निज्नी नोभगोरोड सहरस्थित गृहमन्त्रालय कार्यालयअगाडि आगो लगाएर आत्महत्या गरेकी हुन् । आत्महत्या गर्नुअघि उनले फेसबुकमा आफ्नो मृत्युको दोष रुसी महासंघलाई लगाउन आग्रह गरेकी थिइन्।

सिसिटीभी फुटेजमा उनले गृहमन्त्रालय अगाडिको सडकको बेन्चमा बसेर आगो लगाएको र बचाउन आउनेहरुको प्रयासलाई समेत अस्वीकार गरेको देखिएको छ । प्रहरीले आफ्नो घरमा छापा मारी प्रजातन्त्रसमर्थक समूहसम्बन्धी कागजात खोजेको र कम्प्युटरसहित केही डाटाहरु कब्जामा लिएको उनले जनाएकी थिइन् ।

उनले चलाएको अनलाइनको नारा नै ‘विना सेन्सरसिप’ थियो । गत वर्ष पनि लेखमार्फत सरकारी अधिकारीहरुको अपमान गरेको भन्दै उनलाई जरिवाना गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...