सञ्चार माध्यम एकदमै सेन्सेटिभ, छोयो भने देखि बुरुक्क उफ्रिहाल्ने करेन्ट लागेजस्तोः प्रधानमन्त्री ओली

Oli health

काठमाडौँ । सञ्चार माध्यम एकदमै सेन्सेटिभ, छोयो भने देखि बुरुक्क उफ्रिहाल्ने करेन्ट लागेजस्तोः प्रधानमन्त्री ओली १ प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि एकपटक विभिन्न मिडियाका सम्पादकहरुसँग गुनासो पोखेका छन् । भर्खरै गठन भएको मिडिया एलायन्सका पदाधिकारीहरुसँग बुधबार साँझ भएको भेटमा सञ्चार माध्यमका सम्पादकहरुसँग गुनासो रहेको बताए ।

उनले सञ्चार जगतलाई केही भन्यो भने बुरुक्क उफ्रने प्रवृति रहेको बताए । सञ्चार माध्यमले सरकारलाई दिनहुँ गालि गर्दा सहनुपर्ने तर सञ्चारमाध्यमलाई आफुले एकपटक सुझाव दिँदा सहन्न भन्ने प्रवृत्ति सम्पादकहरुमा देखिएको पनि प्रधानमन्त्री ओलीले बताए ।

“सरकारलाई दिनरात गालि गर्दा सहनुपर्छ भनेर सुझाव दिने सञ्चार माध्यमले पनि सहने सक्तिको विकास गर्नुपर्ने,” उनले भने, “यो सञ्चार जगत यस्तो हो अरु जसलाई जे भने पनि छुट पाइन्छ । सञ्चार माध्यमलाई अलिकति चिसिक्क भयो भने खपिसक्नु हुँदैन । एकदम सेन्सेटिभ, छोयो भने देखि बुरुक्क उफ्रिहाल्ने । करेन्ट लागेजस्तो ।

अलि अगाडि मसँग सञ्चारकर्मी सम्पादकहरु भेटनुभयो । तर उहाँहरुले मलाई हामीलाई यसो किन भन्नुभयो भनेर भन्नुभयो । मैले भनेँ तपाईँहरुले दिनरात गालि गर्दा हुन्छ । मैले अलिकति भनेँ भने तपाईँहरु दिनरात गालि गर्ने मैले किन यसो गर्यो भन्दा सहनुपर्छ भनेर सिकाउने अनि मैले अलिकति भन्दा सहन नसक्ने के हो यो । आफुले भनेको भन्यै गर्ने यसो नगर्नुस् न भन्दा सहन सिक्नुपर्छ भन्ने । मैले अलिकति सुझाव दिएँ भने सहन्न भनिहाल्ने ।”

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...