रसियाबाट २ करोड ५० लाख डोज कोरोनाको खोप नेपाल आउने

Corona vaccine

एजेन्सी । नेपालले रूसबाट २ करोड ५० लाख डोज कोरोना भाइरसको खोप आपूर्ति गर्ने भएको छ । बेलायती समाचार संस्था रोयटर्सका अनुसार नेपाल र रूसबीच २ करोड ५० लाख डोज खोप नेपाल आपूर्ति गर्ने सम्झौता भएको हो ।

रोयटर्समा उल्लेख गरिए अनुसार ट्रिनिटी फर्मास्युटिकल्सको माध्यमबाट उक्त खोप नेपाल ल्याइनेछ । रूसले करीब डेढ महिना अघि विश्वकै पहिलो कोरोना भाइरस विरूद्धको खोप ‘स्पुतनि–भी’ दर्ता गरेको थियो । त्यसपछि रसियन डिरेक्ट इन्भेस्टमेन्ट फण्डद्वारा विभिन्न देशहरूमा यो खोप परीक्षणका लागि निर्यात भइरहेको छ । छिमेकी देश भारतमा पनि रूसले १० करोड डोज खोप पठाएको छ । तर, त्यहाँ अहिले उक्त खोपको परीक्षण भने सुरू गरिएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...