लेबनानका प्रधानमन्‍त्रीद्वारा राजीनामा

Mustafa

एजेन्सी । लेबनानका प्रधानमन्त्री मुस्तफा अदिबले राजीनामा दिएका छन् । सुधारवादी सोचको नयाँ सरकार गठन गर्न प्रधानमन्त्री बनेका मुस्तफाले प्रयास विफल भएपछि राजीनामाको घोषणा गरेका हुन् ।

प्रधानमन्त्री अदिबले नयाँ सरकार गठन गर्न नसकेकोमा जनतासँग माफी माग्दै राजीनामा दिएका हुन् । ‘म सरकार गठनको कामलाई निरन्तरता दिन नसकेकोमा माफी माग्न चाहन्छु’, अदिबले एक टेलिभिजन सम्बोधनमा भनेका छन् ।

लेबनानको राजधानी बेरुत शहरको बन्दरगाहमा अगस्ट ४ मा भएको विशाल विस्फोटमा १ सय ९० व्यक्तिको ज्यान गएको थियो ।उक्त विस्फोटमा हजारौँ व्यक्ति घाइते भएका थिए । लेबनानमा पछिल्ला दशक सबैभन्दा खराब आर्थिक सङ्कटबाट गुज्रिएको अवस्थामा प्रधानमन्त्री मुस्तफा अदिबले राजीनामा दिएका हुन् ।

अगष्ट ३१ मा चयन भएदेखि नै मुस्तफा अदिबमाथि अरबौं डलरको वैदेशिक सहायतालाई निरन्तरता दिन र आवश्यक सुधार गर्न नयाँ मन्त्रिपरिषद् गठन गर्न दबाब थियो । उनको त्यो प्रयास विफल भएपछि राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...