चिनियाँ दूतावास भन्छः भवन बनाएको क्षेत्र चीनकै हो, नेपालले थप प्रमाणिकरण गर्न सक्छ

3d9caafd094d3526f0cff45391188d20 w1000 h500 cp

हुम्ला ।  हुम्लाको लाप्चास्थित नेपाली भूभागमा चीनले भवनहरू बनाएको भन्ने खबरको काठमाडौंस्थित चिनियाँ दूतावासले खण्डन गरेको छ । दूतावासका प्रवक्ताले मंगलबार राती पठाएको विज्ञप्तीमा चीनले भवन बनाएको भूभाग चीनकै रहेको र यसबारे नेपालले थप प्रमाणिकरण गर्न सक्ने जनाइएको छ।

दूतावासका प्रवक्ताको विज्ञप्तीमा भनिएको छ । ‘चीन र नेपाल मित्रवत छिमेकी हुन्। चीनले नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सधैं सम्मान गर्दै आएको छ। मिडियामा उल्लेख गरिएका भवनहरू चीन–नेपाल सीमा क्षेत्रको चीनतर्फ रहेको प्रमाणित गरिएको छ। नेपाली पक्षले फेरि प्रमाणिकरण गर्न सक्नेछ। चीन र नेपालबीच सीमा विवाद छैन। दुवै पक्षले सीमा मामिलामा सधैं नजिक रहेर सूचना आदानप्रदान गर्दै आएका छन् ।

हुम्लाको नाम्खा गाउँपालिका ६ को लाप्चास्थित ललुङजम क्षेत्रमा नेपालीले समेत भोगचलन गर्दै आएको क्षेत्रमा चीनले भवनहरू बनाएको खबर आएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा गएको टोलीले स्थलगत अध्ययन गरी चिनियाँ पक्षसँग छलफल समेत गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी, सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले त्यो क्षेत्रमा पुगेर चिनियाँ पक्षसँग छलफल गरेको तर दुवै पक्षले आआफ्नो भूभाग भएको दाबी गरेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले मंगलबार बिहान नेपालखबरलाई बताएका थिए ।

‘चिनियाँ सेनाले नक्सा नै देखाएर त्यो भाग आफ्नो भएको दाबी गरेको थियो। नेपाली सेनाले पनि नक्सा देखाउँदै त्यो भाग नेपालमा पर्ने दाबी गरेको थियो। तर ११ नम्बर पिलर पत्ता नलागी प्रस्ट हुने अवस्था छैन’, अध्यक्ष तामाङले भने । अध्यक्ष तामाङले अब ११ नम्बर पिलर खोज्ने र चिनियाँ पक्षसँग छलफल गर्ने काम राज्यको नेतृत्व तहले नै गर्नुपर्ने तामाङले बताएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...