प्रधानमन्त्री व्यस्त भएपछि मन्त्रीपरिषद्को बैठक स्थगित
काठमाडौँ । आज बस्ने भनिएको मन्त्रीपरिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त भएको कारण बैठक स्थगित गरएको एक मन्त्रीले जानकारी दिए ।
आज बस्ने भनिएको मन्त्रीपरिषद्को बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नियुक्त गर्ने बुझिएको थियो । तर, मन्त्रिपरिषद बैठक भोलिमात्रै बस्ने भनिएकोले अब घिसिङको नियुक्ती पनि भोलि नै हुनेछ ।
प्राधिकरणको कार्यकारी प्रमुखमा उर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङलाई नै निरन्तरता दिनेगरि प्रस्ताव तयार परेको स्रोतले जनाएको छ । घिसिङको नियुक्ती चार वर्षको लागि हुनेछ ।
प्रतिकृया दिनुहोस