बालुवाटार र खुमलटारको बढ्यो दुरी, खुमलटार पुग्यो केन्द्रिय समिति बैठक भदौं पहिलो साता राख्ने पक्षमा

Prachand niwas khumaltar

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । बिहीबार बालुवाटारमा भएको वार्तामा दाहाल र नेपालले प्रधानमन्त्री पदबाट ओलीलाई राजीनामा दिन आग्रह गरेका थिए ।

पार्टीमा पछिल्लो समय देखिएको विवादका विषयमा बिहीबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । ओलीले आफू कुनै हातलमा राजीनामा नदिने बरु बहुमतले निर्णय गरेर हटाउन चुनौती दिएका थिए ।

छलफल विना निष्कर्ष सकिएपछि प्रचण्ड–माधव समूहका सचिवालय सदस्य एवं स्थायी कमिटी सदस्यहरु खुमलटारमा भेला भएका थिए । बालुवाटारबाट प्रचण्ड र नेपाल फर्किएपछि सचिवालय सदस्यहरु झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल लगायत खुमलटार पुगेका थिए ।

प्रधानमन्त्री ओलीसँगको छलफल विना निष्कर्ष सकिएपछि ‘प्रचण्ड’ –नेपाल समूहले अब तत्काल केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने निष्कर्षमा पुगेको छ ।

ओलीले पनि कसरी अगाडि बढ्ने भन्ने विषयमा आफू निकट नेताहरुसँग छलफल थालेका छन् । प्रचण्ड नेपाल पक्षसँग सहमतिको सम्भावना नदेखिएपछि ओलीले आफू निकट नेताहरुसँग परामर्श थालेका हुन् ।

नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, स्थायी कमिटी सदस्यहरु, केही मन्त्रीहरु पनि बालुवाटार पुगेका थिए । बालुवाटार बैठकमा सहभागी एक नेताले अझै पनि सहमतिका विभिन्न विकल्पमा छलफल चलेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...