बाढीको कारण देखाउँदै यसकारण फेरि रोकियो नेकपाको स्थायी कमिटी बैठक

Nekapa ma kurci bibad

काठमाडौं । पटक-पटक स्थगित हुँदै आएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक सात दिनका लागि स्थगित गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैकठ अब साउन २ गते बिहान ११ बजे बस्नेछ । नेकपामा देखिएको विवाद समाधानका लागि दोस्रो तहका नेताहरु छलफलमा जुटेका छन् । तर, विवाद समाधान भने भएको छैन । 

प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाइएको थियो । असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा माग गरिएपछि स्थगित हुँदै आएको छ ।

पार्टीको विवाद मिलाउन अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पटकपटक वार्तामा बसेका छन् । यसबीचमा दुई नेता र सहयोगीबीच भएको वार्ताबाट कुनै निष्कर्ष निस्किसकेको छैन ।

प्रचण्डसहितका शीर्ष नेताहरुले प्रधानमन्त्रीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने बताइरहेका छन् भने प्रधानमन्त्री ओली कुनै पनि पदबाट राजीनामा नदिने पक्षमा छन् । जसका कारण नेकपा हाल न ज्यूदो न मृत जस्तो अवस्थामा पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...