बम हानेर पैसा असुल्नेसँग के को वार्ता ? : प्रधानमन्त्री ओली

Kp 99oli

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले बम पड्काउने र पैसा असुल्ने समूहसँग वार्ता नगर्नेे बताएका हुन् ।

‘कतिपयले वार्ता गर्नुपर्यो भन्छन् तर के का लागि वार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने, आतंकित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैन’ प्रधानमन्त्रीले भने ‘जहाँ जहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यहीँ बम हान्नेहरुसँग के को वार्ता ? उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिइन्छ ।’

फागुन २४ गते वैदेशिक रोजगार संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको बिषयमा ध्यानाकर्षण गराउन आएको व्यवसायीको टोलीसँग प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लवको नाम नलिई एउटा गिरोहले कम्युनिष्टका नाममा घिनलाग्दो काम गरिरहेको बताए ।

‘कम्युनिष्टले त युवाहरुलाई कर्मशील हुन, सही बाटोमा हिँडाउन र उत्पादनमा लाग्न सिकाउनुपर्ने हो’ उनले भने ‘यहाँ त कम्युनिष्टको नाममा युवालाई लुट्न सिकाइरहेका छन् । यो हुन सक्ने कुरा होइन ।’

प्रधानमन्त्री ओलीले अध्यक्ष गुरुङको घरमा भएको बिस्फोटको घटनाबारे सरकारले छानविन गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...