साफ खेल्ने राष्ट्रिय महिला फुटबल टिमको घाेषणा

18589835751541880278women football

काठमाडौं । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप खेल्ने राष्ट्रिय महिला टिमको घाेषणा गरिएकाे छ । मुख्य प्रशिक्षक हरी खड्काले साफ च्याम्पिनसिप खेल्ने २० सदस्यीय महिला फुटबल टिमको अन्तिम छनाेट गरेका छन् । 

बन्द प्रशिक्षणमा रहेका २३ जना खेलाडीबाट मुख्य प्रशिक्षक खड्काले २० खेलाडीकाे छनोट गरेका हुन् । प्रमुख प्रशिक्षक खड्काले पुर्व कप्तान अनु लामालाई टिम बाहिर राखेका छन् । अनुसँगै सुनिता चौधरी र विमला चौधरी टिमबाट बाहिरिएका छन् । 

राष्ट्रिय यु-१९ का ६ खेलाडी अटाएका छन् । जसमा रेखा पौडेल, सरु लिम्बु, मञ्जलीकुमारी योञ्जन, पुजा राना, उषा नाथ र अन्जना रानामगर रहेका छन् । प्रतियोगिता फागुन २८ गते विराटनगरको सहिद रंगशालामा सुरु हुदैछ । उद्घाटन खेलमा नेपालले भुटानसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...