पूर्वसांसद पण्डितको निधनप्रति शोक प्रस्ताव पारित
काठमाडौँ । पूर्वसांसद गणेश पण्डितको निधनप्रति प्रतिनिधिसभाको आजको दोस्रो बैठकले शोक प्रकट गर्दै ‘शोक प्रस्ताव’ पारित गरेको छ ।सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको हो ।
वि.सं २०४८ मा तत्कालीन नेकपा (एमाले) का तर्फबाट नुवाकोट क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित तथा कम्युनिष्ट आन्दोलनका योद्धा पण्डितको उपचारका क्रममा यही फागुन २१ गते ७२ वर्षका उमेरमा निधन भएको हो ।
त्यसअघि उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले ‘विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ बैठकमा पेश गरेका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २६ गते मध्याह्न १२ बजे बस्नेछ ।
प्रतिकृया दिनुहोस