झापा विद्रोहको आज ४६ वर्ष पुरा, शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्न नेकपाका अध्यक्षद्वय झापामा

Oli dahala

काठमाडौं । झापा विद्रोहको आज ४६ वर्ष पुरा भएको छ । झापा र इलामको सीमामा पर्ने सुखानी जङ्गलमा पञ्चायती शासकद्वारा कारागार सार्ने निहुँमा गोली हानी हत्या गरिएका पाँच अगुवा क्रान्तिकारीको शहादतको स्मृतिमा आज कार्यक्रम गरिँदै छ ।

विसं २०२८ देखि २०३० सम्म झापा जिल्लामा युवा कम्युनिष्टहरुको नेतृत्वमा चलेको सशस्त्र आन्दोलनलाई नै ‘झापा विद्रोह’को रुपमा चिनिने गरिएको छ । पञ्चायती सरकारले रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको हत्या गरेको थियो ।

सुस्ताएको कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले पुनर्गठन गर्दैै अघि बढेको सो विद्रोहबाट अत्तालिएको पञ्चायती निरङ्कुश सरकारले विद्रोह दमन गर्ने क्रममा २०२९ साल फागुन २१ गते सुखानीको जङ्गलमा ती योद्धालाई गोली हानी हत्या गरेको थियो ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली कार्यक्रममा सहभागि हुन आज झापा जाँदै छन् । झापा विद्रोहका शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली सुखानी जान लाग्नु भएको हो ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल भने हिजै झापा पुगिसकेका छन् । नेकपा झापाले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली बिहान यती एयरको विमानबाट झापा जान लागेको उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...