सबैका लागि मानव अधिकार समान हुनुपर्छ: परराष्ट्रमन्त्री ज्ञवाली

2082402641d0uaplvwkaaylbl

काठमाडौं ।  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रिय, क्षेत्रीय तथा अन्तराष्ट्रिय तहमा मानव अधिकारका लागि काम गर्नुपर्ने बताएका छन् ।

स्विटजरल्यान्डको जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को कार्यक्रममा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा सन्तुलित सम्बन्ध कायम गर्न आफूहरुको जोड रहेको बताएका हुन् । 

सबैका लागि मानव अधिकार समान हुनुपर्ने बताएका मन्त्री ज्ञवालीले मानवअधिकारका विश्वव्यापी मान्यता प्रति विश्वास रहेको बताए । 

मानव अधिकार र शान्तिका लागि समावेशी विकास आवश्यक रहेको बताउँदै उनले भने, ' समावेशी विकास बिना  शान्ति र मानव अधिकार प्राप्त हुँदैन ।' परिषद्को यो ४०औं सम्मेलन हो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...