चीनसँग अर्को महिनासम्म व्यापार सम्झौता हुनसक्नेः ट्रम्प
काठमाडौं । अमेरिका र चीनबीच व्यापार सम्झौता गर्ने उद्देश्यले आगामी महिना शिखर सम्मेलन हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार सम्झौता गर्ने उद्देश्यले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग अमेरिका र चीनबीच शिखर सम्मेलन हुने बताएका छन् ।
ट्रम्पले चिनियाँ वार्ता टोलीसँग वासिङ्टनमा भएको पछिल्लो दुई दिने वार्ता ‘निकै सकारात्मक’ भएको बताउँदै आजसम्म लम्ब्याइएको बताए । अमेरिका–चीनबीच देखिँदै आएको व्यापार विवादलाई अन्त्य गर्ने प्रयासस्वरूप दुई देशका अधिकारीहरु बीच वार्ता भइरहेको छ ।
प्रतिकृया दिनुहोस