‘निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छाड्छौँ ’ : प्रधानमन्त्री ओली

Kp 99oli

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्दै निर्मला पन्त हत्याको घटनाले नेपालको अन्तराष्ट्रिय तहमै अपमान भएको बताएका छन् ।

उनले हत्यारा पत्ता लगाएरै छोड्ने दाबी दोहोर्याउदै गहिरो अनुसन्धान भइरहेको बताए । ‘अनुमानका भरमा कसैलाई किटान गर्नु भएन, सम्पूर्ण प्रमाणहरू नष्ट गरिएको अनुसन्धानमा ढिलाइ भएको हो’ उनले भने ।

प्रधानमन्त्रीले बुधवार बिहान प्रदेशसभाको बैठकलाई सम्बोधन गरेका हुन्। सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने ‘हाम्रा चेलीबेटीको बलात्कार र हत्या हुनु दर्दनाक तथा अत्यन्त पीडादायी घटना हो ।’

सम्बोधनका क्रममा उनले नेकपाका विप्लव माओवादीतर्फ लक्षित गर्दै राजनीतिक आवरणमा हुने लुट, चन्दा आतङ्क, विकासमा अवरोध तथा हिंसात्मक गतिविधिमा कडाइका साथ नियन्त्रण गरिने बताए । उनले भने, ‘अब राजनीतिक क्रान्तिको बहानामा आतङ्क मच्चाउन पाइन्न ।’

प्रधानमन्त्री ओलीले राजावादीका गतिविधिहरू प्रतिगमनको अभिष्ट बोकेर धर्मका नाममा राजनीति भई रहेको सङ्केत गर्दै भने,‘कसैले धर्मका नाममा राजनीति गरेर प्रतिगमन फर्काउने कल्पना नगरे हुन्छ ।’

वंशका आधारमा राज्यको नेतृत्व गर्ने राजनीतिक व्यवस्थाको जरै उखेलिसकेको उनले बताए । उनले अगाडी भने ‘विगतमा जे भयो, अब नेपाली समाजमा फाटो ल्याउने कुचेष्टा कसैले नगरे हुन्छ।’

सुदूरपश्चिममा कायम रहेको छाउपडी परम्परा अन्त्य गर्न मुख्य योजनाका साथ अभियान सञ्चानल गर्न उनले आग्रह गरे ।

‘अहिलेको समाजमा छाउपडी जस्तो कुपरम्परा लाजमर्दो विषय हो’ उनले भने ‘यसको अन्त्यका लागि व्यापक रूपमा अभियानहरू चलाउनुस् ।’

प्रधानमन्त्री ओलीले आफू अर्को पटक आउँदा सरकारले गरेको उपलब्धिहरूको हिसाब खोज्ने गरी आउने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...