सरकार गठनको एक वर्ष पूरा : प्रधानमन्त्री ओलीले आज उपलब्धि सार्वजनिक गर्दै

K p oli

काठमाडौं । सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सरकारको वर्षदिनको उपलब्धि सार्वजनिक गर्दैछन् ।

उनले सिंहदरबारमा ग्यालरी बैठक अगाडि दिउँसो ४ बजे राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारको एक वर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्ने तयारी भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

त्यसअघि प्रधानमन्त्री ओलीले बिहान १० बजे ललितपुरको एकान्तकुनामा नेपाल पानी जहाज कार्यालयको र काठमाडौंको राष्ट्रिय सभागृहमा साढे १० बजे जनताको जलविद्युत आयोजना कार्यक्रम उद्घाटन गर्ने कार्यतालिका छ ।

‘नेपालको पानी, जनताको लगानीः हरेक नेपाली जलविद्युतको सेयरधनी’ भन्ने नारा तय गरिएको ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रममा नागरिकको छरिएर रहेको पूँजी परिचालन गर्ने सरकारको योजना छ ।

आयोजनामा सर्वसाधारणको ३९ प्रतिशत सेयर तथा प्रभावित क्षेत्रका नागरिकको १० प्रतिशत सेयर रहने गरी कानुनी व्यवस्था गरिएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ । कार्यक्रम अन्तरगत ३ हजार ७ सय ८९ मेघावाट क्षमताको १९ वटा ललविद्युत आयोजना निर्माणका लागि करिव ६ खर्ब बजेट लाग्ने अनुमान गरिएको छ ।

ओली नेतृत्वको सरकार गठन भएको भोलि एक वर्ष पूरा हुँदैछ । दुईतिहाईको सरकार गठन भए पनि काम भन्दा धेरै कुरामात्र भएको गुनासो बढ्दै गएको छ । यो एक वर्षमा सरकार विकास बजेट खर्च बढाउन असफल भएको छ ।

बजेट सार्वजनिक भएको सात महिनासम्म पनि सरकारले जम्मा साढे २२ प्रतिशत मात्रै विकास खर्च गरेको छ । सरकारले बजेट खर्च सुधार्नको लागि जेठ १५ गते नै बजेट ल्याउने चलन सुरु गरे पनि विकास बजेट खर्चको अवस्था सुध्रन नसकेको हो ।

यसैगरी यो एक वर्षमा व्यापार घाटा बढेको छ भने नेपाललाई चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ८५ अर्ब रुपैयाँ शोधान्तर घाटा भएको छ । तर विदेशी मुद्रा सञ्चितिको स्थिति भने उस्तै रहँदा वैदेशिक लगानी पनि घटेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...