विश्वकै सबैभन्दा धनी व्यक्ति बेजोससँग ‘नाङ्गो तस्बिर छाप्दिन्छु’ भन्दै कसले गर्दैछ ब्ल्याकमेल ?
काठमाडौं । अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसले एउटा अमेरिकी समाचार पत्रलाई ब्ल्याकमेल गरेको आरोप लगाएका छन् ।
विश्वकै सबैभन्दा धनी व्यक्ति जेफ बेजोसले नेशनल इन्क्वायरर नामको ट्याब्लोइड पत्रिकाले ब्ल्याकमेल गरेको बताएका छन् ।
उनले आफ्नो न्यूड फोटो (नाङ्गो तस्बिर)लाई लिएर अखबारले ब्ल्याकमेल गरेको आरोप लगाएका छन् । बेजोसले आफ्नो ब्लगमा त्यो इमेलको पूरै टेक्स्ट प्रकाशित गरेका छन्, जसमा उनलाई ब्ल्याकमेल गरिएको थियो । उनलाई यो मेल म्यागजिनको प्यारेन्ट कम्पनी अमेरिकन मिडिया इंकले पठाएका थियो ।
अर्बपति व्यवसायी जेफ बेजोसले नोे थ्याङ्क यू मिस्टर पेकर शीर्षकमा एउटा ब्लग पनि लेखेका छन् । उनले यसमा एएमआईमाथि अखबारले आफ्नो र साञ्चेजको तस्बिर सार्वजनिक गरेको विषयमा बताएका छन् । यो रिपोर्ट बेजोर र उनकी श्रीमती मेकेञ्जीको डिभोर्स घोषणा भएपछि प्रकाशित भएको थियो ।
अर्बपति तथा वाशिंगटन पोस्टका समेत मालिक रहेका बेजोसले एएमआईका एक वकिलले आफ्नो बारेमा प्रकाशित भएको नेशनल इन्क्वायररको समाचार राजनीतिबाट प्रेरित छैन भन्ने झुटो बयान दिएमा आफ्नो तस्बिर नछाप्ने बताएका थिए ।
आफ्नो ब्लगमा बेजोस भन्छन्, ‘मैले मलाई पठाएको मेल जस्ताको त्यस्तै छाप्ने निर्णय गरेँ ।’
ट्रम्प किन मुछिए ?
बेजोसले वाशिंगटन पोस्टको स्वामित्व उनका लागि ‘निकै जटिल’ भएको बताएका छन् । आफूले केही शक्तिशाली व्यक्तिलाई दुश्मन बनाएको पनि बताए । जसमा राष्ट्रपति डोनाल्ड ट्रम्प पनि छन्, जो एएमआईका मालिक डेभिड पेकरका मित्रसमेत हुन् ।
बेजोसले आफ्नो ब्लगमा करेन म्याकडोगलको समाचारलाई दबाउन एएमआईले त्यसलाई ‘क्याच एण्ड किल’ को संज्ञा दिएको पनि बताएका छन् । अमेजनका मालिक बेजोस लेख्छन्, ‘निश्चित रुपमै म चाहन्नँ कि मेरो व्यक्तिगत तस्बिर प्रकाशित होस् ।’
उनी अगाडि लेख्छन्, ‘म यो पब्लिकेशनको ब्ल्याकमेलको हिस्सा पनि बन्न चाहन्नँ । न म यसलाई कुनै तरिकाले सहयोग गर्न चाहन्छु । मैले यसविरुद्ध लड्ने प्रण लिइसकेको छु ।’ बेजोसको ब्लगमा म्यागजिनका सम्पादक डायलन हार्वडले लेखेको इमेलका १० तस्बिर रहेका छन् ।
जनवरी ९ मा बेजोर र उनकी प्रेमिका लउरेन साञ्चेजबीचकोे अफेयरका बारेमा अखबारले समाचार छापेको थियो । यो समाचार डायलन र अरु दुईजना रिपोर्टर मिलेर लेखेका थिए । न्यूयोर्कका एक लेखक रोनान फ्यारोले पनि एएमआईले आफूसँग पनि ब्ल्याकमेल गरेको आरोप लगाएका थिए ।
प्रतिकृया दिनुहोस