प्रतिनिधिसभाको दोस्रो बैठक १० मिनेटका लागि स्थगित
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक २०७५ सहित राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गरिएको छ ।
आजको दोस्रो बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको उक्त विधेयक टेबुल गरेका हुन् ।
दोस्रो बैठक १० मिनेटका लागि स्थगित गरिएको सभामुख कृष्णबहादुर महराले जानकारी दिए ।
प्रतिकृया दिनुहोस