व्यवस्थापिका संसदको बैठक आज बस्दै, चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची

Samsad

काठमाडौं । व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । आजको बैठकमा चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची रहेको छ । पारित गर्नैपर्ने अडानमा सत्तापक्ष छ भने प्रमुख प्रतिपक्षी कांग्रेस जसरी पनि रोक्ने रणनीतिमा छ । आजको प्रतिनिधिसभा बैठकमा ‘मुठभेड’ हुनसक्ने सम्भावना देखिएको छ । मंगलबार सत्तापक्ष–प्रतिपक्षको घम्घाघम्सी र तनावपछि बैठक स्थगित भएको थियो ।

संसद् सचिवालयले आजकोे बैठकमा विधेयक पारित गर्ने एक मात्र एजेन्डा राखेको छ । तर आफ्ना माग पूरा नभई पारित गर्न खोजे ‘मुठभेड’ हुने कांग्रेस नेताहरूले चेतावनी दिएका छन् । सभामुख कृष्णबहादुर महराले शान्तिपूर्ण तवरले विधेयक पारित गर्ने तयारी भइरहेको हिजो बताएका थिए । 

कांग्रेसले राखेका मागबारे प्रधानमन्त्री केपी ओलीले संसदमा जवाफ दिइसकेको र आफूले पनि सरकारको विशेष ध्यानाकर्षण गरिसकेको हुँदा कांग्रेसले अवरोध गर्न नहुने महराको भनाइ छ । बैठक दिउँसो १२ बजे बोलाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...