नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै, नेविसंघबारे निर्णय लिने

Congress ccm meeting

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । आज बस्ने बैठकमा नेपाल विद्यार्थी संघका विषयमा छलफल हुनेछ । अहिले भएको कार्यसमिति भंग गर्ने वा कायम राख्ने भन्नेमा निर्णय हुने बताइएको छ ।

हालको कार्यसमितिको थपिएको अवधि पनि यही माघ २ गते सकिएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघको वर्तमान कार्य समितिको अवधि थप गर्ने वा नयाँ कार्यसमिति गठन गर्ने भन्ने निर्णय केन्द्रीय समिति बैठकले गर्ने बताए । यसैगरी, महासमिति बैठकले पारित गरेको पार्टीको विधानमा प्राप्त सुझावलाई समावेश गरी कार्यसमितिले विधानलाई अन्तिम रूप दिने बताइएको छ ।

बैठकमा चिकित्सा शिक्षा विधेयकमा सरकारको रणनीति, वाइडबडी जहाज खरिदमा अनियमितता भएको भनिएको, चिकित्सक प्राध्यापक डा. गोविन्द केसीको जारी अनसन, पूर्व प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएका दुईवटा अस्पताल लगायतका विषयमा छलफल हुनेछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...