सच्चिएर अघि बढ्न तरुण दलका नेताद्धारा जोड

Tarun

विराटनगर । नेपाल तरुण दलका नेताले सरकार सच्चिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

उक्त दलद्वारा आज यहाँ आयोजित विरोधसभामा उनीहरूले करको दायरा सरल बनाउनु पर्ने, महँगी नियन्त्रण गर्नुपर्ने र सुशासनलाई बलियो बनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका हुन् । उक्त दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले दुईतिहाइको यो बहुमतको सरकार नेपाली जनताको भावना र इच्छाअनुसार अघि बढ्नुपर्छ भने ।

दलका महासचिव भूपेन्द्रजन शाही र उपाध्यक्ष उत्तम चापागाईंले सरकारले शान्ति सुरक्षाको अवस्थालाई बलियो बनाई भ्रष्टाचार नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

उक्त दलका जिल्लासभापति सञ्जय थापा, गोपाल तामाङ, सिजन गुरुङ र विद्वान गुरुङ लगायतले सरकार सुशासनको मार्गमा नहिँडको धारणा व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...