संविधानले जनतालाई अधिकारको व्यवस्था गरेको छ: अध्यक्ष दाहाल

Prachanda prachanda

हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ संविधानले नेपाली जनतालाई अधिकारको व्यवस्था गरेको बताएका छन् ।

मकवानपुरको वाग्मती गाउँपालिकाको भवन उद्घाटन गर्दै उनले नेपालको संविधानमा भएको मौलिक अधिकारको व्यवस्था विश्वको उत्कृष्टमध्ये एक भएको बताए । गाउँपालिकाको वडा नं ४ झुरझुरेमा बनेको भवन रु ९० लाख लगानीमा बनेको हो ।

अध्यक्ष दाहालले भवन उद्घाटनसँगै जनयुद्धका क्रममा विसं २०६२ माघमा भिडन्त भएको स्थानमा निर्माण हुन लागेको शहीद पार्ककोसमेत शिलान्याश गरे । सदरमुकामबाट ५८ किमी पूर्वमा रहेको सो गाउँपालिकाले अहिले गाउँतहमा गएर जनतालाई स्थानीय सरकारको प्रत्याभूति गराएको अध्यक्ष सर्केश घलानले बताए ।

अध्यक्ष घलानले सो गाउँपालिकाको ८० प्रतिशत जमीनको लालपूर्जा नभएकाले पहल गरिदिन अध्यक्ष दाहाललाई अनुरोध गरेका थिए । कार्यक्रममा प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, सामजिक विकासमन्त्री युवराज दुलाल, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी र कुमारी मोक्तान, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाललगायतको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...