तेस्रो पटक एक साता थपियो नेविसंघको म्याद

Nepali congress

काठमाडौं । विगठनको मुखमा पुगेको नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिको म्याद फेरि एक साताका लागि थपिएको छ ।

बुधबार कार्यकाल सकिएको वर्तमान कार्य समितिलाई माघ १० सम्मको अवधि थपिएको हो । दुई पटक समय थपिए पनि १२औँ महाधिवेशन हुन नसकेको नेविसंघको म्याद थपिएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए । संघलाई दुई पटक गरी यसअघि ५ महिना समय थपि सकिएको छ ।

अब आउँदो माघ १० गते बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले निर्णय गरे बमोजिम हुनेगरी तत्काललाई हालकै कार्यसमितिलाई निरन्तरता दिइएको छ । विधानअनुसार बुधबार राति १२ बजेपछि नेविसंघको केन्द्रीय समिति भंग हुँदै थियो ।

‘विधान अनुसार थपिएको समय सकिँदै गरेको र यसबीचमा नेविसंघले महाधिवेशन सम्पन्न गर्नुपर्ने दायित्वलाई निर्वाह गर्न नसकेको सन्दर्भ यहाँहरु जान्नुहुन्छ’, प्रवक्ता शर्माले भने, ‘यसका कमजोरीको खोजी गरिनेछ र माघ १० गते बस्ने कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेबमोजिम हुनेगरी हालको नेविसंघको कार्यसमिति दैनिक कार्यसञ्चालन गर्ने दायित्व निर्वाह गर्नेगरी यथावत रुपमा कायम गरिएको जानकारी गराउन चाहन्छु ।’

यसअघि पटक–पटक म्याद थप भएको भए पनि वर्तमान नेतृत्वले महाधिवेशन गराउन नसकेको भन्दै नेविसंघभित्र विवाद छ । ७७ जिल्लामध्ये १४ जिल्लामा भने नेविंघको अधिबेशन सम्पन्न भइसकेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...