पुलिस खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश

Khapptad

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब तेस्रो संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको क्वाटरफाइनलमा ए डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी क्लबलाई १, ० गोल अन्तरले पराजित गर्दै पुलिस सेमिफाइनलमा पुगेको हो ।

धनगढी रंगशालामा पुलिसलाई जित दिलाउन निर कुमार राईले निर्णायक गोल गर्नुभयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७० औं मिनेटमा निर कुमारले निर्णायक गोल गर्नुभयो ।

यो संगै पुलिसले ए लिगमा मनाङसंग व्यहोरेको हारको बदला समेत लिएको छ । अब पुलिसले फाइनल प्रबेशका लागि संकटा क्लब र क्यामरुनको क्लबबीचको विजेतासंग खेल्नेछ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...