एकता दिवस’को दिन सरकारले सार्वजनिक बिदा नदिने
काठमाडौं । पुस २७ अर्थात् ‘राष्ट्रिय एकता दिवस’को दिन सरकारले सार्वजनिक बिदा नदिने भएको छ ।
सरकारको निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राष्ट्रिय एकता दिवसका लागि बिदा दिनु नपर्ने धारणा राखे ।
यो दिवस मनाएर दर्शाउने भएका कारण यसका लागि बिदा आवश्यक नपर्ने उनको तर्क छ । विभिन्न पार्टी र पक्षले पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा बिदा दिनुपर्ने माग गर्दै आएका छन् ।
इतिहास शिरोमणि बाबुराम आचार्यको सुझावमा वि.स २०१२ सालदेखि नेपालमा पुस २७ गते राष्ट्रिय एकता दिवसको रूपमा मनाउन थालिएको थियो ।
प्रतिकृया दिनुहोस