२४ घण्टाभित्र चारवटा विमान आपतकालीन अवतरण

Transavia ppr1hlfxhp

काठमाडौं । भारतका विभिन्न विमानस्थलमा विगत २४ घण्टामा चारवटा आपतकालीन विमान अवतरण गर्नुपरेको छ । विमानमा सवार सबै यात्रु सुरक्षित रहेका छन् ।

आइतबार, मुम्बईबाट दुबईतर्फ गइरहेको एयर इन्डिया एक्सप्रेसको विमान हाइड्रोलिक समस्याका कारण मुम्बई विमानस्थलमा आपतकालीन अवतरण गरेको थियो ।

आइतबार नै नयाँदिल्लीका लागि उडेको स्पाइसजेटको विमान बायाँतर्फको इन्जिनमा समस्या देखिएपछि बनारस विमानस्थलमा आपतकालीन अवतरण गराइएको थियो । यो विमान हङकङबाट १४० भन्दा बढी यात्रु बोकेर उडिरहेको थियो । विमानमा सवार सबै यात्रु सकुशल रहेका छन् ।

स्पाइसजेटका प्रवक्ताले पाइलटले एक नम्बर इन्जिनमा न्यून परिमाणमा इन्धन आपूर्ति भएको थाहा पाउनासाथ बनारस विमानस्थलमा आपतकालीन अवतरण गराएको बताए ।

शनिबार राति, एयर इन्डियाको विमानबाट इन्धन चुहिन थालेपछि कोलकोता विमानस्थलमा आपतकालीन स्थिति घोषणा गरिएको थियो । बैंककबाट नयाँदिल्ली उडानमा रहेको एयर इन्डियाको उडान नं. एआई–३३५ विमानमा राति १०।३५ मा प्राविधिक गडबडीको आशंका गरिएको थियो । यो घटनामा कुनै यात्रु घाइते भएका छैनन् ।

एयर इन्डियाको वक्तव्यमा पूर्व सावधानीका लागि विमानलाई कोलकाता विमानस्थलमा अवतरण गराउनुपरेको उल्लेख छ । विमानका यात्रुलाई अर्को विमानमा राखेर राति साढे दुई बजे नयाँदिल्ली पु¥याइएको थियो ।

शनिबार, कोलकोता–चेन्नाइ इन्डिगो विमान पनि उडेको केहीबेरमै प्राविधिक समस्या देखिएपछि पुनः चेन्नाइ फर्किएको थियो । विमानमा सामान्य खराबी देखिएको तर आपतकालीन स्थिति घोषणा नगरिएको इन्डिगोले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...