वाइडबडी जहाज खरिद प्रक्रियाका विषयमा लेखा समितिको बैठक बस्दै

Lekha sameeti baithak

काठमाडौं । संसदले दुई वटा वाइडबडी जहाज खरिद गर्दा भएको अनियमितताका सन्दर्भमा छलफल गर्दैछ । संसदको सार्वजनिक लेखा समितिले उप–समितिले बुझाएको प्रतिवेदनका आधारमा आज छलफल गर्न लागेको हो ।

लेखा समितिले बिहान ११ बजे बैठक बोलाएको छ । यसअघि गठन भएको उपसमितिले ४ अर्ब ३५ करोड अनियमितता भएको निष्कर्ष निकालेका थियो । अनियमिततामा संलग्न रहेको ठहर गर्दै बहालवाला मन्त्री र दूई पूर्व मन्त्री सहित ३४ जनालाई कारवाही सिफारिस गरिएको छ । संघीय संसद्को सार्वजनिक लेखा समितिको उपसमितिले विमान खरिदका विभिन्न चरण र प्रक्रियामा ती पदाधिकारीको संलग्नता रहेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

लागत मूल्य र बोलपत्र सिफारिस तथा स्वीकृत गर्ने पदाधिकारीहरु दोषी रहेकाले उनीहरुलाई तत्काल निलम्बन गरी थप अनुसन्धान गर्न निर्देशन दिएको उपसमितिका संयोजक राजेन्द्र कुमार केसीले बताए । उपसमितिको प्रतिवेदनको आधारमा आज छलफल हुने र सरकारलाई निर्देशन दिने तयारी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...