रुसमा भयानक बिस्फोट, ४८ वटा फ्ल्याट ध्वस्त, चार जनाको मृत्यु, ४० बेपत्ता

Q

काठमाडौं । रुसको मध्य क्षेत्रमा रहेको मग्नितागोस्र्कको एक भवनमा भीषण बिस्फोट हुँदा कम्तिमा चारजनाको ज्यान गएको छ ।

बिस्फोटका कारण भवनका ४८ वटा फ्ल्याटहरु ध्वस्त भएको छ । उरल प्रान्तको शहर मग्नितागोस्र्कमा भवनमा भएको बिस्फोटमा परि झण्डै ४० जना हराइरहेका छन्। उनीहरुको खोजी तथा उद्धारको काम भइरहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्स र बिबिसीले जनाएका छन् ।

भवनमा १२० जनाको बसोबास थियो । अहिलेसम्म कम्तिमा १६ जनालाई सकुशल उद्धार गरिएको सरकारी अधिकारले जानकारी दिएका छन् । उद्धारकर्मीले भग्नावशेषमा पुरिएकाहरुलाई जीवितै उद्धार गर्न सकिने आशमा उद्धार कार्यलाई जारी राखेका छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिन घटनास्थल पुगेर निरिक्षण गरेका छन् । भवनमा सोमबार बिस्फोट भएको हो । नयाँ वर्षको तयारीमा विश्वभर उत्सव मनाइरहेका बेला र मग्नितागोस्र्कमा विपद आएको हो ।

राष्ट्रपति पुटिनले प्रभावितलाई सबै प्रकारको सहयोग गर्ने बताएका छन् । भवनको पहिलो तलामा बिस्फोट भएको हो । ग्यास लिक भएर बिस्फोट भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...