कांग्रेस महासमिति बैठक गुटगत गोलचक्करमा

Congress meet

काठमाडौं । कांग्रेस शीर्ष नेताहरुको गुटगत स्वार्थका कारण जारी महासमिति बैठक अन्योलमा परेको छ । पूर्वनिर्धारित समयभन्दा एक दिन ढिला, शनिबार सुरु भएको बैठक निर्धारित समयभन्दा एक दिन लम्बिसकेको छ ।

सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षको गुटगत स्वार्थका कारण विधानमा सहमति जुट्न नसक्दा महासमिति सदस्य निरास बनेका हुन् ।

पार्टीको सांगठनिक स्वरुपलाई नयाँ संवैधानिक व्यवस्थाअनुसार परिवर्तन गर्न तथा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भएको हारलाई शक्तिमा बदलेर संगठन निर्माणमा जुट्ने लक्ष्यसहित महासमिति सदस्य काठमाडौं आएका थिए ।

महासमिति सुरु भएको पाँच दिनसम्म पनि मुख्य विषय विधान संशोधन प्रस्ताव पेस नभएपछि नेताहरु जिल्ला फर्कने कि बस्ने भन्ने अन्योलमा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...