यात्रु बाहक बस दुर्घटनामा १३ जनाको मृत्यु

Accident

काठमाडौं । शनिबार भारतको प्रशासीत काश्मिरमा यात्रु बाहक बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

बाटोबाट झण्डै ७० मिटर तल खसेर बस दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । दुर्घटनामा परेको बसमा २६ जना यात्रु रहेका थिए ।

पहाडी क्षेत्रमा पर्ने पुन्च भन्ने ठाउँमा साघुँरो बाटो र अफ्टयारो घुम्तीका कारण दुर्घटना भएको बताइएको छ ।

घटनास्थल श्रीनगरदेखि २०० किलोमिटर टाढा पर्ने वरिष्ठ प्रहरी निरीक्षक राजिव पाण्डेले जानकारी दिए । घटनामा परी १३ जनाको मृत्यु भएको छ भने अरु घाइते भएका छन् ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको जम्मुको एक अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...