इयूले रूसमाथि थप प्रतिबन्ध लगाइने

Yukren bnfdbqqpu3

काठमाडौं । यूरोपेली संघ (इयू)ले पछिल्ला केही दिन यता यूक्रेनमा भएका गतिविधिलाई लिएर आगामी महिना रूसमाथि थप प्रतिबन्ध लगाउने भएको छ ।

चक्रीय प्रणाली अन्तर्गत इयूको अध्यक्षता गरेका करिन नेइसलले आगामी महिना रूसमाथि थप प्रतिबन्ध लगाउने बताए । उनले भने ‘सम्भवत यो रूसमाथि थप प्रतिबन्ध लगाउनुपर्ने एउटा बिषय हो तर यसबारे आगामी दिनमा हुने घटना र परिवेश अनुसार निर्णय लिइनेछ ।’

अष्ट्रियाका विदेशमन्त्रीसमेत रहेका नेइसले आफ्ना जर्मनेली समकक्षी हेइको माससँगको कुराकानीपछि सञ्चारकर्मीसँग भने, सबैकुरा दुबैतर्फबाट आगामी दिनमा हुने गतिविधिहरूमा निर्भर रहनेछ । तर प्रतिबन्धबारे पुनः मूल्याङ्कन हुनु पर्ने देखिएको छ ।

रूस र यूक्रेनबीच पछिल्ला केही दिन यता नौसैनिक जहाजका बिषयलाई लिएर द्वन्द्व चर्किएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...