मापसेमा परेका पाइलट बर्खास्त
भारत । उडान गर्नुभन्दा पहिला मदिरा सेवन गरेपछि विमान चालक तीन वर्षको लागि बर्खास्त भएका छन् ।
११ नोभेम्बरदेखि लागु हुनेगरी चालकको लाइसेन्स तीन वर्षको लागि बर्खास्त गरिएको हो । दिल्लीबाट लण्डन जान लागेको भारतीय वायु सेवाको एआई–१११ कल साइन भएको विमानको चालकले मापसे गरेपछि विमान ५५ मिनेट ढिला गरी उडेको थियो ।
दुईपटकसम्म ब्रेथ एनालाइजर ९मदिरा परीक्षण गर्ने मेसिन०मा परीक्षण गर्दा पनि मदिरा सेवन गरेको पाइएपछि विमान चालकलाई कारबाही गरिएको भारतीय समाचार एजेन्सी पीटीआइले जनाएको छ ।
प्रतिकृया दिनुहोस