पुलको पल-पलको सूचना दिने प्रविधि विकास, दुर्घटनाबाट सावधानी

Bridge 777x437

काठमाडौं । नेपालमा यस्ता कयौं पुलहरु छन् जो कुनै पनि बेला भत्किन सक्छन् र ठूलो जनधनको क्षति हुन सक्छ । म्याद नाघिसकेका यस्ता पुलहरुको पछिल्लो अवस्थाबारे पलपलको जानकारी लिन सक्ने हो भने पक्कै पनि क्षति हुनबाट जोगिन सकिन्छ ।

हो, यस्तै खालको प्रविधिको विकास वैज्ञानिकहरुले गरेर प्रयोगमा पनि ल्याइसकेका छन् तर नेपालमा नभइ भारतमा ।

यो प्रविधिले पुलमा रहेको खतराबारे पूर्वसूचना दिन्छ । भारतमै पहिलो पटक यस्तो सूचना दिने सेन्सरको प्रयोग मुम्बईको बेलापुरस्थित रेलवे पुलमा जडान गरिएको छ । यो पुलमा ४० सेन्सर जडान गरिएको छ जसले पुलको स्ट्रक्चरल अडिटको अपडेट निरन्तर दिन्छ ।

सर्वसाधारणले बुझ्ने गरी भन्ने हो भने पुलमा कुनै कमजोरी देखियो या धाँजा फाट्यो या कुनै ठाउँमा टुटफुट भयो भने त्यसको जानकारी सेन्सरले दिन्छ ।

यस्तो खालको प्रविधिको विकास आईआईटी– रुडकी र सेन्ट्रल रेलवे मिलेर गरेका हुन् । यसबाट पुलको कारण हुनसक्ने कुनै पनि दुर्घटनालाई कम गर्न सकिने विश्वास छ । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...