बमसहित पार्सल पठाएको आरोपमा एक पक्राउ

काठमाडौं । उच्च अमेरिकीको घरमा बमसहितको पार्सल पठाएको घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनसहितका उच्च अमेरिकीका घरमा हुलाकमार्फत् बमसहितको पार्सल पठाएको घटनामा संलग्न भएको आरोपमा ५६ वर्षीय सेजर सायोक नाम गरेका व्यक्ति पक्राउ परेका हुन् ।
पछिल्ला केही दिनयता विशेष गरी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख आलोचकका घरमा वा उनीहरुका नाममा विस्फोटक पदार्थसहितको पार्सल अज्ञात व्यक्तिले पठाएको पाइएको थियो ।
यो घटनाको छानबिनको क्रममा सेजर सायोकजाई पक्राउ गरिएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।
उनीविरुद्ध पूर्व राष्ट्रपतिसहितलाई धम्की दिएकोसहितका पाँचवटा आरोप लगाइएको छ ।पछिल्ला दिनमा शंकास्पद बस्तुसहितका १४ वटा पार्सल भेटिएको छ ।
यसरी पार्सल पाउनेमा पूर्व राष्ट्रपति बाराक ओबामा, पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनदेखि अभिनेता रोबर्ट डी निरोसम्म छन् ।
पक्राउ परेका सेजर सायोक डेमोक्र्याटिक पार्टीका विरोधी रहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस