बिकासमा चीनको नयाँ फड्को, बन्यो समुन्द्रमा ५५ किलोमिटर लामो पक्की पुल

China bridge

काठमाडौं । प्रयास गरे के हुन्न र ? चीनले विश्वलाई चकित पार्नेगरी समुन्द्रमा ५५ किलोमिटर पुल बनाएको छ ।

चिनियाँ राष्ट्रपति सि चिनफिङले समुद्रमाथिको विश्वकै सबैभन्दा लामो पुलको उद्घाटन गरे । कुल ५५ किलोमिटरको यो पुल बनाउन ९ वर्ष लागेको थियो ।

यो पुलले हङकङ, मकाओ र चीनको दक्षिणी सहर झुहाईलाई जोडेको छ । बीबीसीका अनुसार पुल बनाउन २० अर्व डलर (करिब २३ खर्व ६० अर्व रुपैयाँ) लागेको छ ।

यस पुलको मुल भाग २२.९ किलोमिटर रहेको छ भने ६.७ किलोमिटर लामो सुरुङमार्ग रहेको छ । त्यसमा मानवनिर्मित क्रित्रिम टापुहरुसमेत रहेका छन् । साथै अन्य सहायक सडकहरु पनि यसैभित्र पर्दछ ।

अंग्रजी अक्षरको वाई अकारमा निर्माण गरिएको यस पुलले हङकङ र दक्षिणी चीनको झुहाई सहर बीचको दुरी तीन घण्टाबाट ३० मिनेटमा घटाएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...