टर्कीमा ट्रक पल्टिँदा १९ को मृत्यु, ११ जना घाइते

Dumptruck1

इस्तानबुल । टर्कीको पश्चिमी प्रान्त इज्मीरमा ट्रक पल्टिँदा १९ जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

आप्रवासी बोकेको ट्रक दुर्घटना भएको हो । मर्नेमा अधिकाँश बालबालिका छन् । तर मृतकको पहिचान भने भइनसकेको सुरक्षाअधिकारीले जनाएका छन् । टर्कीमा हजारौं आप्रवासी समुद्रको बाटो हुँदै युरोपेली युनियनको सदस्य राष्ट्र ग्रीसतर्फ प्रस्थान गर्दै आएका छन् ।

सन् २०१६ मा टर्की र युरोपेली युनियनबीच आप्रवासी प्रवेशमा कडा नीति अवलम्बन गर्नेगरी सम्झौता भएपनि गैरकानुनी तरिकाबाट आप्रवासीहरु ग्रीस प्रवेश गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...