शक्तिशाली दुई ओटा आत्मघाती बम आक्रमणमा १४ जनाको मृत्यु

Boom 768x366

काठमाडौं । सोमालियामा शक्तिशाली दुई ओटा आत्मघाती बम विस्फोटनमा परी १४ जनाको मृत्यु भएको छ । सोमालियाको दक्षिणपश्चिमी क्षेत्रमा शनिबार भएको घटनामा परी २० जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

अपरिचित दुई व्यक्तिले बाय क्षेत्रको बाइडोय सहरमा रहेको विलान होटल र बद्री रेष्टुरेन्टलाई लक्षित गरी छुट्टा छुट्टै आत्मघाती आक्रमण गरेका थिए ।

प्रहरी प्रमुख अब्दी मोहमद अलीले मृत्यु भएका अधिकांश सर्वसाधारण नागरिक रहेको अनाडोलु समाचार संस्थालाई जानकारी गराएका थिए ।

बायका सूचना मन्त्री उगास हसन इब्राहिमले घाइतेहरुलाई तत्काल उद्धार गरी बाइडोय क्षेत्रीय अस्पतालमा भर्ना गरिएको जानकारी दिए ।

लडाकू समूह अल शबाबले सोमालिया र पूर्वी अफ्रिकामा समय समयमा आत्मघाती आक्रमण गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...