भारतीय प्रधानमन्त्री मोदीलाई ज्यान मार्ने धम्कि

Modi 16

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदीलाई ज्यानमार्ने धम्कि आएको छ । दिल्लीको पुलिस कमिश्नरलाई आएको ईमेलमा प्रधानमन्त्री मोदीको ज्यान मार्ने धम्कि आएको हो । यो खबरले भारतीय पुलिस प्रशासनमा अहिले हलचल मच्चिएको छ ।

दिल्लीका कमिश्नर अमूल्य पटनायकलाई एक लाईनको धम्की दिदैँ इमेल आएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । मोदीलाई ज्यान मार्ने धम्की भारतको आसामको ब्यक्तिबाट आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

मोदीको ज्यान मार्ने धम्कि आएको यो नै पहिलो पटक भने होइन । यसअघि आतंकी संगठन आईएसआईइएसले गोवामा एक पत्र पठाउँदै प्रधानमन्त्री मोदी र रक्षामान्त्री मनोहर पर्रिकरलाई ज्यानमार्ने धम्कि आईसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...