को होला बिहारका मुख्यमन्त्री नीतीश कुमारमाथि चप्पल प्रहार गर्ने ?
बिहार । बिहारका मुख्यमन्त्री नीतीश कुमारलाई लक्षित गरी एउटा कार्यक्रममा एक युवकले चप्पल फ्याँकेका छन् ।
पटना आयोजित जनता दल युनाइटेडले लोकनायक जयप्रकाश नारायणको जन्मजयन्तीका अवसरका आयोजना गरेको छात्र समागक कार्यक्रममा एक युवकले मुख्यमन्त्री कुमारमाथि चप्पल फ्याँकेका हुन् ।
चन्दन नामका ती युवकलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार ती युवक मानसिक रुपमा विक्षिप्त रहेका छन् ।
पत्रकारहरुको प्रश्नमा ती युवकले मुख्यमन्त्री नीतीश कुमारको भेदभावपूर्ण नीति तथा व्यवहारको विरोध गर्दै आफूले चप्पल फ्याँकेको बताएका थिए ।
प्रतिकृया दिनुहोस