अमेरिकामा अहिलेसम्मकै शक्तिशाली आँधी
काठमाडौं । अमेरिकाको फ्लोरिडाको तटीय क्षेत्रमामा अहिलेसम्मकै शक्तिशाली माइकल आँधी आएको छ ।
आँधीका कारण फ्लोरिडाको उत्तर-पश्चिमी क्षेत्रमा रहेकी समूद्र किनार वा नजिकका बस्तीमा ठूलो बाढी आएको छ । बाढीका कारण घरहरु डुबेका छन् भने तीव्र गतिमा हुरी पनि चलेको छ ।
माइकल आँधी २०० किलोमिटर प्रतिघण्टाको गतिमा छ । माइकल आँधी तीव्र गतिमा शक्तिशाली बनेको हो ।
आँधीलाई फ्लोरिडाका गभर्नर रिक स्कटले कल्पना नै नगरिएको क्षति भएको बताएका छन् र यो सम्भवतः १०० वर्ष यताकै शक्तिशाली आँधी भएको बताइएको छ ।
प्रतिकृया दिनुहोस